हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु

साझाकुरा
२०८२ भाद्र ४, बुधबार ०९:३२

हेटौंडा-हेटौंडा स्कुल अफ म्यानेजमेन्टको आयोजनामा चौथो संस्करणको हुप्स बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।उद्घाटन समारोहका प्रमुखअतिथि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवकृष्ण श्रेष्ठ रहेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरनबहादुर जोशीले खेलकुद गतिविधिले विद्यार्थीको शैक्षिक र व्यक्तिगत क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ र प्रिन्सिपल जोशीले रेफ्री विज्ञान लामा र आयुष दोङलाई बास्केटबल हस्तान्तरण गरी खेल सुरु भएको हो ।

उद्घाटन खेलमा होटल म्यानेजमेन्ट एवम् १२ को कमर्सको सयुक्तको टिम बिजयी भएको छ । पहिलो खेलमा होटल म्यानेजमेन्ट एवम् १२ को कमर्सले ४९ स्कोर गर्दा बिआईएम टिमले ३९ मात्र स्कोर गरे । यसैगरी बिसिए र विज्ञान एवम् ११ को कमर्सको संयुक्त टीमबीचको दोश्रो खेल वर्षाको कारण स्थगित भएको छ । स्थगित भएको खेल बुधबार हुने जनाइएको छ । लिगको आधारमा हुने प्रतियोगितामा पुरुषको ४ र महिलाको २ गरी ६ टोली सहभागी छन् ।

भदौ ६ गतेसम्म हुने प्रतियोगितामा प्रत्येक दिन दुई खेल हुने कार्यक्रम संयोजक दिपेश श्रेष्ठले जानकारी दिएका छन् । विजेता टिमले नगद ७ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरलाई नगद ३ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिनेछ । प्रतियोगिताको समापन कार्यक्रम भदौ ६ गते शुक्रबार दिउँसो ४ बजे हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*