एन्फा प्रेसिडेन्ट कप : नवजनजागृतिको दोश्रो जीत, गाईघाट र हैरान्स बराबरी
हेटौंडा- बाराको नवजनजागृति युवा क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा दोश्रो जित निकालेको छ ।हेटौंडा–६ गौरीटार रंगशालामा बुधबार भएको पहिलो खेलमा दोलखाको टाइगर्स टिमलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै नवजनजागृति बिजयी भएको हो । नवजनजागृतिको तर्फबाट खेलको ६० औं र ८६ औं मिनेटमा प्रतापसिंह राई, ७८ औं मिनेटमा बिजय उर्नव र ८८ औं मिनेटमा सुजन डंगोलले गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच नवजनजागृतिका प्रतापसिंह राई घोषित भए । उनले नगद ५ हजार समेत प्राप्त गरे ।
त्यसैगरी बुधबार नै भएको उदयपुरको गाईघाट क्लब र तनँहुको हैरान्स क्लबबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० को अग्रता जोगाउन नसक्दा गाईघाटले हैरान्ससंग बराबरी खेल्दै अंक बाँडेको हो । खेलको पहिलो हाफमै सुदिप श्रेष्ठ र विश्वास उदासले गोल गर्दै गाईघाटलाई २–० को अग्रता दिलाएको थियो तर, दोश्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दैहैरान्सको तर्फबाट अनिश महर्जनले २ गोल गर्दै टोलीलाई हारबाट जोगाए । खेलको प्लेयर अफ दि म्याच अनिश महर्जन घोषितभए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । अन्तिम ४ मा पुग्ने टोली यही पुसमा हुनेराष्ट्रिय लिगमा सहभागी हुने पाउनेछ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।







