लालीगुराँस र चित्लाङ सेमिफाइनलमा प्रवेश

साझाकुरा
२०८२ कार्तिक २९, शुक्रबार १०:५६

हेटौंडा- कास्कीको लालीगुराँस एशोसिएसन क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लब हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपको समिफाइनलमा प्रवेश गरेको छ ।हेटौंडा–६ गौरीटाररंगशालामा बिहिबार भएको पहिलो खेलमा बिजयी हुँदै चित्लाङले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । बर्दियाको जनजागृति क्लबलाई लालीगुराँसले २–० ले पराजित गरेको थियो । लालीगुराँसको लागि खेलको १३ औं मिनटमा विज्ञान खड्का र ७० औं मिनेटमा मदन स्याङतानले गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच जय गुरुङ घोषित भए ।

त्यसैगरी दोश्रो खेलमा धनकुटाको देउराली क्लबसँग गोलरहित बराबरी खेल्दै काठमाडौँको चित्लाङ क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको हो । दुबै टिमबाट गोलको प्रयास बिफल हुँदा खेलबराबरीमा टुंगिएको हो । यो खेलमा देउरालीका पदम भट्टराई प्लेयर अफ दि म्याच घोषित भए । योसँगै समूह ‘ए’ अन्तर्गतका सम्पूर्ण खेलहरु सकिएका छन् ।

सेमिफाइनल पुगेका दुबै क्लबहरु यही वर्ष पुसमा हुने राष्ट्रिय लिगमा सहभागी हुन पाउने भएको छ । शुक्रबार समुह ‘बि’ अन्तर्गतका अन्तिम खेलहरु हुनेछ । लिगकम नकआउटका आधारमा कार्तिक १९ गतेदेखि जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*