अन्तर वडा मेयरकप फुटबल प्रतियोगिता सुरु

साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार १०:५४

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा नगरस्तरीय अन्तर वडा मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । थाहानगरको इन्द्रायणीचौरमा प्रतियोगिता सुरु भएको हो ।प्रतियोगितामा नगरपालिका अन्तर्गतका ९ वटा वडाले मात्र भाग लिएको प्रतियोगिताको व्यवस्थापक खेलकुद विकास समिति, थाहा नगरपालिका–४ ले जनाएको छ । १२ वटा वडा रहेको थाहानगरका वडा नम्बर ५, ६ र १० ले भाग नलिने भएका छन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेल वडा नम्बर १ र ९ बीच भएको थियो । उद्घाटन खेलमा वडा न १ ले ४–२ गोल अन्तरले हराउदै बिजयी सुरुवात गरेको छ ।

त्यसैगरी वडा नम्बर १२ र वडा नम्बर ७ बीच भएको दोश्रो खेलमा पेनाल्टी सुट आउटमा वडा न ७ बिजयी भएको छ । थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल मंसिर ७ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*