जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

साझाकुरा
२०८२ मंसिर ७, शनिबार ०९:२२

हेटौंडा- जिल्लास्तरीय रनिङशिल्ड शिक्षक भलिबल प्रतियोगिता शुक्रबार उद्घाटन गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा मावि, आमभन्ज्याङको ब्यबस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाललेगरेकी हुन् ।उद्घाटन खेलमा महेन्द्र मावि, छतिवनले जनक मावि, आमभन्ज्याङलाई सोझो सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

त्यस्तै शारदा माविले मत्सनारायण माविलाइ, भानु माविले जनक माविलाई, श्रमिक माविले बंशगोपाल माविलाइ र जिएस निकेतनले नाटेश्वर माविलाइ हराउदै दोश्रोचरणमा प्रबेश गरेको छ । त्यस्तै सुन्दरिदेबी माविले बुद्ध माविलाइ, भुटनदेबी माविले बंशगोपाल माविलाई, जनता माविले जनज्योति माविलाइ र जनक मावि, बकैयाले बत्सलादेबी माविलाइर सूर्योदय माविले तुल्सिमेहर माविलाई हराउदै दोश्रोचरणमा प्रबेश गरेको छ ।

प्रतियोगितामा मकवानपुर जिल्लाभरका २४ वटा विद्यालयका शिक्षक टिमको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका सभापति लालबहादुर थापा, उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिबहरि दाहाल, मकवानपुरगढी गाउँपालिका–५ नं वडाअध्यक्ष दिपेश दाहाल, रेडक्रस आमभन्ज्याङका सभापति नानिराम तिमल्सिनाले मन्तब्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेरेसो मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, जिल्ला सदस्य रामजी सापकोटा, पिताम्बर बास्तोला, सर्मिला बिक, कार्यालयप्रमुख लक्ष्मण भट्टराई, लेखाप्रमुख रामजी खतिवडा, विद्यालयका प्रधानअध्यापक इन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*