थाहा–१ लाई मेयरकप उपाधि

साझाकुरा
२०८२ मंसिर ९, सोमबार १२:१५

हेटौंडा-थाहा नगरपालिका वडा नम्बर १ ले मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।आइतबार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २–१ गोलअन्तरले पराजित गर्दै १ नं. वडाले उपाधि जितेको हो । वडा नं. १ को जितमा बिनिस अमात्य र बिबेक थोकरले १–१ गोल गरे भने वडा न ३ का रोशन तामाङले १ गोल गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा न १ का प्रचण्ड गोपाली घोषित हुँदा उत्कृष्ट खेलाडी वडा न ३ का अभियान रायमाझी घोषित भए । प्रतियोगिताको बेष्ट डिफेन्डर वडा न १ का नवीन श्रेष्ठ हुँदा प्रतियोगिताभर सर्वाधिक गोलकर्ता वडा न ३ का रोशन तामाङ हुन सफल रहे ।

विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई थाहा नगरप्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए । थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका प्रमुख बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।

समारोहमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ का अध्यक्ष नारायण लामा, वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, नेपाली कांग्रेस नगरसभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले नगरअध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी नगरसचिव लक्ष्मण बिष्ट, थाहानगर शिक्षा तथा युवा खेलकुद शाखाप्रमुख माधवविक्रम मल्ललगायतको उपस्थिति थियो । थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा खेलकुद विकास समिति ४ नम्बर वडाको व्यवस्थापनमा इन्द्रायणीचौरमा भएको प्रतियोगितामा थाहानगरका ९ वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*