जिल्ला स्तरीय रनि· शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनलाई
हेटौंडा-नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा माबि, आमभन्ज्या·को ब्यबस्थापनमा शुक्रबारबाट आयोजित जिल्ला स्तरीय रनि· शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले जितेको छ ।आइतबार भएको फाइनल खेलमा जिएस निकेतनले शारदा माबिलाई २०–२५, २५–२३, २५–२०, २५–१७ ले पराजित गर्दै उपाधी जितेको हो । उपाधी जित्दै जिएस निकेतनले नगद रु ५० हजार सहित रनि·सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो हुने शारदा माबीले नगद रु ३० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तथा सान्त्वना हुने प्रजा जागृती माबी र सुन्दरीदेबि माबीले नगद रु १५ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
कार्यक्रममा बिजेता टोलिहरुलाइ नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिबहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहाल तथा बिब्यस अध्यक्ष युवराज सापकोटाले पुरस्कार बितरण गर्नुभएको थियो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी जिएसका अमित मिश्र, उत्कृष्ट कोच जियसका इश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जियसका आयुशा सिङ्ग, उत्कृष्ट सेटर जिएसका बिनोद श्रेष्ठ रउत्कृष्ट स्पाइकर सारदाको आशिष घलान घोषित भएका छन । प्रतियोगितामा मकवानपुर जिल्ला भरका २४ वटा बिधालयको सहभागीता रहेको थियो ।







