कावासोती गोल्डकपमा हेटौंडा फुटबल एकेडेमीको सुखद् सुरुवात
हेटौंडा- नवलपुर जिल्लामा जारी पहिलो संस्करणको कावासोती गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले प्रभावशाली प्रदर्शन गर्दै सुखद् सुरुवात गरेको छ । मंगलबार नवलपूरको कावासोती नगरपालिकाको सनलाइट एसडीसी आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक कावासेती ‘बी’ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
हेटौंडा फुटबल एकेडेमीको टिमले आयोजक टोलीविरुद्धको पहिलो आक्रमण र रक्षामा उत्कृष्ट तालमेल देखाउँदै खेललाई आफ्नो नियन्त्रणमा लिन सफल भएको हो । खेलको सुरुवातदेखि नै आत्मविश्वासका साथ उत्कृष्ट प्रस्तुति गरेको हेटौंडाको तर्फबाट दिवस श्रेष्ठले पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै सुरुवात अग्रता दिलाए ।
मिडफिल्डमा बल पोजेसनमा स्पष्ट अग्रता बनाउँदै हेटौंडाले क्रमशः आक्रमणका अवसर सिर्जना ग¥यो । पहिलो हाफमै अग्रता बनाएको टोलीले दोस्रो हाफमा पनि खेलको गति कायम राख्दै विपक्षीमाथि निरन्तर दबाब सिर्जना गर्दै पुनः दिवस श्रेष्ठलनै दोस्रो हाफको १३ मिनेटमा पुन गोल फर्काउन सफल भएका थिए । रक्षात्मकरुपमा अनुशासित देखिएको हेटौंडा टोलीले विपक्षीलाई कुनै सहज अवसर प्रदान नदिइकन आयोजकविरुद्ध उमेश सञ्जेलले १६ मिनेटमा गोल गर्दै ३–० को स्थितिमा पु¥याएका थिए । निकै दवाबमा परेका अयोजक विरुद्ध हेटौंडाको तर्फबाट मिलन स्याङ्तानले अन्तिम गोल गरेका थिए ।
हेटौंडाको तर्फबाट दिवस श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगर पुरस्कार प्राप्त गरेका छन् । यही शनिबार हुने क्वार्टरफाइनल खेलमा सेमीफाइनल प्रवेशका लागि हेटौंडाको टोलीले जस्टजोन एफसीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सेमीफाइनलमा पुगेर पराजित हुने दुई टिमले भने २५÷२५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीका लागि पुरस्कारको व्यवस्था गरिएको छ । कावासोती नगरपालिकाको प्रवद्र्धन र कावासोती नगरपालिका वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा पुस ५ गतेदेखिबाट सुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ ।







