शिक्षिका नृत्य प्रतियोगिताको उपाधि जिएस निकेतनलाई
हेटौंडा- हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव अन्तर्गत आयोजित शिक्षिका नृत्य प्रतियोगिताको उपाधि जिएस निकेतनले जितेको छ ।शिक्षिका नृत्य प्रतियोगितामा १२ विद्यालयलाई पछि पार्दै जिएस निकेतन विजेता बनेको हो । प्रतियोगितामा कमाने एकेडेमी द्वितीय हुँदा श्रमिक मावि तृतीय र मकवानपुर एभरेष्ट विद्यालयले चौथो स्थान हाँसिल ग¥यो । शिक्षिका नृत्य प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र चौथो भएको टोलीले क्रमशः नगद २५ हजार, १५ हजार, ७ हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
नेपाली गीतमा नृत्य गर्नुपर्ने र एउटा विद्यालयबाट २ जना भन्दा बढी सहभागी हुनुपर्ने नियम रहेको थियो । कार्यक्रममा पुरस्कृत ४ विद्यालयसहित आयोजक निर्मल मावि, पशुपतिनाथ मावि, अरनिको मावि, जनजागृति मावि, कृष्ण आदर्श विद्यालय, राजदेवी मावि, प्रगति मावि, त्रिभुवन मावि र बालजीवनज्योति माविको सहभागिता रहेको थियो । सहभागी सबै विद्यालयलाई आयोजकले नगद ३ हजार रुपैयाँसहित सहभागिताको प्रमाणपत्र प्रदान गरेको हो ।
प्रतियोगिताको निर्णायकमा मकवानपुर नृत्यकर्मी संघका सचिव लालबहादुर गुरुङ ‘अमर’ र उपसचिव पेमा लामा रहेका थिए । शिक्षिका नृत्य प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरउपप्रमुख राजेश बानियाँले गरेका हुन् ।







