राक्सिराङमा ५ वटा खानेपानी योजनाको सम्झौता

साझाकुरा
२०८२ मंसिर १६, सोमबार ११:०२

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि प्राथमिकतामा रहेका ५ वटा खानेपानी तथा सरसफाई योजना दातृनिकाय वाइन टु वाटर नेपालसँगको साझेदारीमा अघि बढाउने भएको छ । गाउँपालिका र वाइन टु वाटरको प्रतिनिधिबीच शुक्रबार ५ वटा योजनाको सम्झौता भएको हो । सम्झौतामा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वडा नम्बर ३ अध्यक्ष उत्तम वाइबा, वाइन टु वाटर नेपालको कार्यक्रम संयोजक यज्ञराज जोशी र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको अनुसार एक वर्षभित्र सम्पन्न हुने योजनामा १ नम्बर वडाको माथिल्लो ढु·ेनी–तल्लो खानेपानी तथा सरसफाई योजना, ९ को झामराङ, कर्कटा, तल्लोगाउँ, कोदेबाङ खानेपानी तथा सरसफाई योजना, ८ नम्बर वडाको कालिथान–हात्तीखोला खानेपानी तथा सरसफाई योजना, ७ को काकुलिङ खोला–बेशी खानेपानी तथा सरसफाई योजना र ६ को सिदाम खानेपानी तथा सरसफाई योजना रहेका छन् ।

सबै योजना स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाइने वाइन टु वाटर नेपाल जनाइएको छ । ७५ प्रतिशत दातृनिकाय र २५ प्रतिशत गाउँपालिकाको बजेट लगानी रहने व्यवस्था गरिएको छ । वाइन टु वाटर नेपालले योजनाका लागि १ करोड ७१ लाख ३ सय १३ रकम उपलब्ध गराउनेछ भने गाउँपालिकाले ६५ लाख ७० हजार ४३ रुपैयाँ आर्थिक साझेदारी सुनिश्चित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*