थाहाका पत्रकार÷गजलकार नेगी हेटौंडामा सम्मानित
हेटौंडा-थाहा नगरपालिका–३ निवासी पत्रकार÷ गजलकार कुमार नेगी हेटौंडामा सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले यस वर्षको ‘श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान २०८२’ बाट गजलकार कुमार नेगी ‘पालु·े चरो’लाई सम्मान गरेको हो । गजलकार पालु·े चरोलाई गजल साहित्यको प्रवद्र्धन, संरक्षण तथा सम्वद्र्धनमा योगदान पु¥याएको मूल्यांकनसहित सम्मान गरिएको हो ।
मकवानपुरको गजलक्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्वकार्यसमिति सदस्य भोला सिवाकोटीले आफ्ना मातापिता तथा छोरीको स्मृतिमा स्थापना गरेको सम्मानमा सम्मानपत्र सहित नगद पाँच हजार प्रदानगरिएको हो । गजलकार नेगीको वि.सं. २०५८ सालमा प्रकाशित ‘सृजनाका हातहरु’ गजलसंग्रह मकवानपुरबाट प्रकाशित पहिलो गजल कृति हो ।
जिल्लाको गजल इतिहासमै पहिलो कृति प्रकाशन गर्दै गजल विधाको उन्नयन र प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याएको कदरस्वरुप उनलाई यो सम्मान प्रदान गरिएको हो । यो सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्वअध्यक्ष दुर्गा लामिछाने ‘नमुना’ सम्मानित भइसकेका छन् । मञ्चका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षता तथा डा. निमेष निखिलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिका रुपमा वरिष्ठ साहित्यकार तुलसी घिमिरे रहेका थिए ।
हरेकवर्ष मकवानपुरका माध्यमिक तहका विद्यार्थीबीच आयोजना गरिने गजल प्रतियोगिता मार्फत् प्रदान गरिने मनमाया स्मृति गजल पुरस्कार यसवर्ष गोरक्षनाथ माध्यमिक विद्यालय, हेटौंडा–१८ की इन्दिरा विश्वकर्माले प्राप्त गर्न सफल भइन् । प्रतियोगिताका लागि प्राप्त १८ गजलमध्ये उत्कृष्ट १० गजलका गजलकारलाई अन्तिमचरणको वाचनका लागि आमन्त्रण गरिएको थियो । अन्तिमवाचनपछि विश्वकर्मा सर्वोत्कृष्ट घोषित हुँदै नगद ५,५५५ राशिसहितको पुरस्कार जित्न सफल भइन् ।
पुरस्कार मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार दीपक गौतमले आफ्नो हजुरआमाको सम्झनामा स्थापना गरेका हुन् । उत्कृष्ट १० जना गजलकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । प्रतियोगितामा निर्णायककारुपमा मञ्चका निवर्तमान अध्यक्ष गजलकार केशव समर्पण तथा साहित्य संगम मकवानपुरकी सहसचिव भवानी तिमल्सिना रहेकी थिइन् ।
मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा अग्रज साहित्यकार देवराज खरेल, राजकुमार लामिछाने, विष्णु गौतम तथा मञ्चका पूर्वअध्यक्ष र सल्लाहकारका साथै विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । हेटौंडा–४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रममा नियमित गजल यात्रा अन्तर्गत मुस्कान तिमल्सिना, गौरी कँडेल, देवराज तिवारी र राम कार्की लगायतले गजलवाचन गरेका थिए ।







