शिक्षक संघ हेटौंडाको सातौं स्थानीय प्रतिनिधिसभा

साझाकुरा
२०८२ पुष २०, आईतवार १२:०६

हेटौं-नेपाल शिक्षक संघ हेटौंडा नगर कार्यसमितिको सातौँ स्थानीय प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । शनिबार हेटौंडामा भएको भेलाले सातौं प्रतिनिधिसभाको बैठक सम्पन्न गरेको हो । संघका हेटौंडा नगर कार्यसमितिका अध्यक्ष मन्दिरा घिमिरेको सभाध्यक्षता तथा संघका बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल शिक्षक संघ बागमती प्रदेशको सदस्य ज्ञानेन्द्र बर्तौला, स्वोता काइराला, नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष गणेशप्रसाद हुमागाई, निवर्तमान अध्यक्ष राम कुमार अधिकारी, ट्रेड युनियन कांग्रेस मकवानपुरका उपाध्य राजु घले, सचिव माधव गौतम, संघका विभिन्न गाउँपालिका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रममा नगरअध्यक्ष घिमिरेले संस्थागत प्रतिवेदन, नगरसचिव ज्योति न्यौपानेले प्रगति प्रतिवेदन र सचिव अर्थ प्रेम घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सेवानिवृत्त २ जना शिक्षकलाई कार्यक्रममा सम्मान गरिएको थियो । संघमा आवद्ध भइ सेवानिवृत्त भएका शिक्षक सुभद्रा पाण्डे र विष्णुप्रसाद विडारीलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । २ जना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।

हेटौंडा–६ गौरीटारस्थित बालजागृति युवावर्ष माविका प्रअ नन्दलाल लामा, हेटौंडा–७ स्थित नवज्योति माविका प्रअ उपेन्द्र पौडेल र हेटौंडा–११ का शिक्षक राजकुमार बर्तौलालाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक संघ मकवानपुर अध्यक्ष हुमागाई, उपाध्यक्ष केशवप्रसाद देवकोटा, निर्मला तिमल्सिना, शिक्षक कल्याण तथा वचत ऋण सहकारी संस्थाका अध्यक्ष सुवाशचन्द्र कँडेल, शिक्षक संघ संघीय प्रतिनिधि अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*