हेटौंडामा नयाँ खेल मैदान बनाइने

साझाकुरा
२०८२ पुष २४, बिहीबार १२:५७

हेटौँडा- मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक मैदान निर्माणको तयारी भइरहेको छ । हेटौंडा–४ नम्बर वडास्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएको हो । नियमित खेलकुद गतिविधि सञ्चालन गर्न, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले बहुउद्देश्यीय मैदान निर्माण गर्न लागिएको हेटौंडा ४ नं. वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन सिग्देलले बताए ।

तत्काल मैदानको सरसफाई कार्य अगाडि बढाइएको र वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारको सहयोग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उदेश्य रहेको अध्यक्ष सिग्देलले बताए । यता, खेल मैदान निर्माणपश्चात् विभिन्न विद्यालय, क्लबहरूले विभिन्न खेलको आयोजना गर्नसक्ने र संघ, संस्था, संगठन र दलहरूले विद्यालयको नीतिभित्र रहेर कार्यक्रम आयोजना गर्न सक्ने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमीरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*