हेटौंडामा बृहत् शैक्षिक खेलकुद ¥याली

साझाकुरा
२०८२ फाल्गुन २, शनिबार १०:१०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका ४ नं वडा कार्यालयको आयोजनामा बृहत् खेलकुद ¥याली गरिएको छ । वडा कार्यालयको आयोजना र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको तेस्रो वडास्तरीय खेलकुद महोत्सवको अवसरमा ¥यालीको आयोजना गरिएको हो । ¥यालीको उद्घाटन गर्दै संविधानसभाका सदस्य तथा कार्यक्रमका प्रमुखअतिथि अनन्त पौडेलले ४ नं वडा कार्यालयले भौतिक पूर्वाधारका साथै खेलकुद तथा शिक्षालाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे । यस्तो कार्यक्रमले विद्यार्थीको शारीरिक र मानसिकरुपमा विकास गर्न सघाउ पु¥याउने उनले बताए । वडाअध्यक्ष नवीन सिग्देलले खेलकुद र शिक्षा, ४ नं वडाको प्राथमिकता रहेको बताउँदै शिक्षा र खेलकुदलाई सँगै लैजान पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष राजकुमार मोक्तान, टोल विकास संस्था नगरसमन्वय समितिको महासचिव शिवहरि दाहाल, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमीरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । श्रमिक माविका व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, टोल विकास संस्था वडासमन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार वस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँ लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रमका सभापति तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजक श्रीराम दाहालले महोत्सवमा विभिन्न प्रतियोगितामा ३ समयभन्दा बढी पुरस्कृत हुने जानकारी दिए । महोत्सवमा नगरस्तरीय, फुटबल, भलिवल, क्रिकेट, बास्केट बल, वडास्तरमा टक अफ वार, एथलेटिक्स, हाजिरीजवाफ, बक्तृत्व, हिज्जे, वादविवाद, कविता, क्वीच प्रतियोगिता भएको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिए । विजेतालाई फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*