कैलाशको राष्ट्रपति रनिङ शिल्ड भवानीको कब्जामा

साझाकुरा
२०८२ फाल्गुन ६, बुधबार १०:५८

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकामा रहेका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड कैलाश–३ मा रहेको भवानी माविले कब्जा गरेको छ । लगातार तीन पटकसम्म सर्वाधिक पदक विजेता भवानीले राष्ट्रपति रनिङ शिल्ड कब्जामा पारेको हो । प्रतियोगितामा भवानी माविले ८ स्वर्ण, ६ कास्य र ३ रजतपदक प्राप्त गर्दै प्रथम भएको हो । त्यस्तै, ५ स्वर्ण, ५ कास्य र ५ रजतपदक प्राप्त गर्दै कैलाश–१० को रत्नज्योति मावि द्वितीय स्थान सुरक्षित गरेको गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाप्रमुख समीर जोशीले बताए । यसैगरी ४ स्वर्ण ४ कास्य र ५ रजतपदकसँगै कैलाश–९ को कालिका माविले तृतीय स्थान हासिल गरेको छ ।

एथ्लेटिक्सतर्फ विभिन्न खेलको प्रतियोगिता गरिनुका साथै छात्रछात्रा भलिबल प्रतिस्पर्धा गरिएको थियो । छात्रतर्फको भलिबल प्रतियोगितामा रत्नज्योति माविले कमलादेवी माविलाई १९–२५,२५–२३,१५–११ मा पराजित गर्दै विजेता भएको थियो भने तृतीय स्थानमा भवानी मावि भएको थियो । छात्रातर्फ कमलादेवी मावि प्रथम, भवानी मावि द्वितीय र कालिका मावि तृतीय भएको थियो । एक्लेटिक्सतर्फ सय मिटर दौडमा कालिका माविका अमित प्रजा प्रथम, भवानी माविका आमोश प्रजा द्वितीय र रत्नज्योति माविका अनक मोक्तान तृतीय भए ।

छात्रातर्फ कमलादेवी माविका प्रकृति सुवेदी प्रथम, रत्नज्योति माविका सम्रता स्याङ्तान द्वितीय र धुवाङ माविका सलिना मोक्तान तृतीय भएकी छिन् । त्यस्तै, २ सय मिटर दौडमा भवानीका आमोश प्रजा प्रथम, कालिका माविका अमित प्रजा र रत्नज्योतिका दिनेश सुनार तृतीय भएभने छात्रातर्फ धुवाङका रेश्मा स्याङ्बो प्रथम, व्यास माविका मनिषा गुरुङ द्वितीय र भवानीका अम्बिका स्याङ्बो तृतीय भएकी छिन् ।

८ सय मिटर दौडमा रत्नज्योतिका अनक मुक्तान प्रथम, भवानीका सुनिल चेपाङ द्वितीय र व्यासका सुजित विष्ट तृतीय भएका छन् भने छात्रातर्फ भवानीका बबिता प्रजा प्रथम, रत्नज्योतिका नविना दोङ द्वितीय र व्यासका अञ्जली थोकर तृतीय भएकी छिन् । ४ गुणा एक सय रिले दौडमा रत्नज्योति मावि प्रथम, कालिका मावि द्वितीय र भवानी मावि तृतीय भएको छ भने छात्रातर्फ भवानी मावि प्रथम, व्यास मावि द्वितीय र धुवाङ मावि तृतीय भएको छ । लङजम्पतर्फ भवानी माविका आमोश प्रजा प्रथम, कालिकाका समर थिङ द्वितीय, रत्नज्योतिका दिवाकर प्रजा तृतीय भए ।

छात्रातर्फ भवानीका समुना मल्ल प्रथम, धुवाङका रेशमा स्याङ्बो द्वितीय र कालिकाका गोमा बर्तौला तृतीय भएकी छिन् । त्यस्तै, हाइजम्पतर्फ कालिकाका नवीन विक प्रथम, भवानीका नवराज मुक्तान द्वितीय र रत्नज्योतिका विवेक जिम्बा तृतीय भए भने छात्रातर्फ कालिकाका गोमा बर्तौला प्रथम, रत्नज्योतिका सम्रता स्याङ्तान र कमलादेवीका सदीक्षा गुरुङ तृतीय भएकी छिन् । ट्रिपलजम्पमा रत्नज्योतिका अनक मोक्तान प्रथम, भवानीका अन्जित थिङ द्वितीय र कालिकाका नेमा थिङ तृतीय भए ।

छात्रातर्फ भवानीका समुना मल्ल प्रथम र कालिकाका शितल बर्तौला द्वितीय भएकी छिन् । सटपुटतर्फ भवानीका अन्जित थिङ प्रथम, रत्नज्योतिका अदय मुक्तान र कालिकाका महेश थिङ तृतीय भएभने छात्रातर्फ भवानीका सुस्मिता थिङ प्रथम, रत्नज्योतिका दीपशिखा प्रजा द्वितीय र कालिकाका सरिना थिङ तृतीय भएकी छिन् । ज्याभलिङ थ्रोमा रत्नज्योतिका दिवाकर प्रजा प्रथम, भवानीका नवराज मोक्तान द्वितीय र व्यासका दरेश ब्लोन तृतीय भएभने छात्रातर्फ कालिकाका उर्मिला मुक्तान प्रथम, कमलादेवीका प्रिया थिङ द्वितीय र रत्नज्योतिका प्रियातना थिङ तृतीय भएकी छिन् ।

भवानी मावि ब्यवस्थापन समितिका अध्यक्ष नवराज ओझाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा अध्यक्ष मुक्तानले विद्यार्थी जीवनदेखि नै खेलतर्फ आर्कषण गर्नसके युवापुस्तामा खेलप्रति मोह जाग्ने बताए । विभिन्न विधामा प्रतियोगिता भएकाले विद्यार्थीले सक्ने विधाका खेल खेलेर उत्कृष्टता देखाएको बताए । यहाँ छनोट भएपछि जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रियस्तरमा पनि खेल प्रदर्शन गर्न सकिन्छ । खेलकुदले विद्यार्थीलाई अनुशासनको दायरामा राख्नुका साथै शारीरिकरुपमा सुसंगठित बनाउने कार्य गर्ने बताए ।

विद्यार्थीले उत्कृष्ट खेल खेल्दै विद्यालय र गाउँपालिकाको नाम राख्न सफल हुन भन्दै अध्यक्ष मुक्तानले अग्रीम शुभकामना दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले खेलकुदले विद्यार्थीको पढाईसँगै जोडिएको एक माध्यम रहेको बताए । खेलकुदले शारीरिक र मानसिकरुपमा स्वस्थ्य बनाउन सहयोग पुग्नुका साथै खेलले विद्यार्थीलाई अनुशासनमा राख्ने उपाध्यक्ष मल्लले बताए । कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, विभिन्न विद्यालयका प्रअ, निर्णायकहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*