खेलकुद सरोकार समाजको प्रथम साधारणसभा

साझाकुरा
२०८२ फाल्गुन १०, आईतवार १४:३५

हेटौंडा- मकवानपुर खेलकुद सरोकार समाज नेपालको प्रथम वार्षिक साधारण सभामा शनिबार हेटौंडा–४ स्थित कभर्ड हलमा सम्पन्न भएको छ । गतवर्ष स्थापना भएको यो संस्थाले मकवानपुर खेलकुद एवार्ड स्थापना गर्ने तयारीका साथ खेलकुद क्षेत्रमा बिभिन्न काम गर्नका लागि २२ लाख रुपैयाँ भन्दा बढी अक्षयकोषमा राखेको बताइएको छ । कोषको ब्याज आम्दानीबाट मकवानपुरको खेलक्षेत्रको विकास र खेलाडीको हितका निम्ति काम गर्ने बताइएको छ । समाजका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा भएको साधारणसभामा पूर्व नगरप्रमुख हरिबोल महतको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजका महासचिव लालबहादुर पौडेलले वार्षिक गतिबिधि समेटिएको प्रतिबेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा संस्थालाई अझै सुदृढ गर्दै समग्र खेल क्षेत्रको उन्नतिका लागि क्रियाशील कार्ययोजना निर्माण गरी अघि बढ्ने भेलाबाट पारित भएको उपाध्यक्ष बसन्तकुमार सिटौलाले जानकारी दिए । खेलकुद महोत्सवबाट संकलन गरिएको रकम अक्षयकोषमा थप गर्दै जाने तयारी गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*