मकवानपुर भक्तपुरसँग पराजित
हेटौंडा- प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष प्रतियोगितामा मकवानपुर ४१ रनले पराजित भएको छ । भक्तपुरका रिङजिङ लामाले ७८ रन बनाएसँगै ४८ ओभरमा अल आउट हुँदै सम्मानजनक २४५ रन बनाउन सफल भयो ।मकवानपुरका लागि रिजन ढकालले ३ विकेट, सागर गजुरेल र विशाल फुँयालले समान २ विकेट हात पार्न सफल भए । जवाफी २४६ रनको लक्ष्य पाएको मकवानपुरले सबै विकेटको नोक्सानीमा ४३ ओभरमा २०४ रनमा सीमित बन्यो । मकवानपुरका लागि विशालले ५३ रन, कप्तान सुमन सुनारले ३१ रन, शुभ कंसाकारले २९ रनबाहेक अरु खेलाडीले खासै रन बटुल्न सकेनन् ।
भक्तपुरका कृष कार्कीले ३ विकेट, सुबास खत्री र अभिनाश बस्यालले समान २ विकेट हातपार्न सफल भए । प्रतियोगितामा भक्तपुरका शिवम तिवारी म्यान अफ द म्याच घोषित भए । तिवारीले ६१ रन बनाउनुका साथै १ विकेट हातपार्न सफल भएकाथिए । खेलमा पराजित भएसँगै मकवानपुर अंक तालिकाको पाचौ स्थानमा छ भने भक्तपुर एक स्थान माथि रहेको छ ।







