बागमतीको नेतृत्व सन्दिपले गर्ने

साझाकुरा
२०८२ चैत्र ५, बिहीबार १३:२८

हेटौंडा- प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।टोलीमा सन्दीपसहित इशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापामगर, शिवम तिवारी, विवेक रानामगर, दयानन्द मण्डल र रिजन ढकालले स्थान बनाएका छन् । यस्तै सुभाष खत्री, सोनु देवकोटा, सचिन लेखक, रिङ्जिन लामा, पवनबहादुर थापा, प्रतिश जिसी र शुभ कन्साकार पनि टोलीमा समावेश छन् । रित गौतम, सूर्य तामाङ, दीपेश श्रेष्ठ, आदिल खान र अविनाश वस्याल रिजर्भ खेलाडीको रुपमा छन् ।पीएम कप क्रिकेट ७ चैतबाट सुरु हुँदैछ । बागमतीले चार खेल काठमाडौंमा खेलेपछि बाँकी खेल काठमाडौंबाहिर खेल्नेछ । बागमतीले पहिलो खेल ८ चैतमा एपीएफ क्लबसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । दोस्रो खेल त्रिवि क्रिकेट मैदानमा १० चैतमा गण्डकी प्रदेशसँग खेल्नेछ । तेस्रो खेल १२ चैतमा नेपाल पुलिस क्लबसँग माथिल्लो मुलपानीमा खेल्नेछ भने चौथो खेल १५ चैतमा त्रिभुवन आर्मी क्लबसँग मुलपानीमै खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*