पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

साझाकुरा
२०८२ चैत्र १२, बिहीबार १४:३८

हेटौंडा-नेपाल आयल निगमले पेट्रोलियमपदार्थमा भारी मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५÷१५ रुपैयाँ मूल्यवृद्धि गरेको सूचनामार्फत् जानकारी दिएको हो ।मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ । एकसाताको बीचमा दुईपटक मूल्यबृद्धि भएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल÷मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल
निर्धारण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*