स्थापना दिवसको अवसरमा फ्रिज सहयोग

साझाकुरा
२०८२ चैत्र २३, सोमबार १०:३५

हेटौंडा- हेटौंडा–२ बुद्धचोकस्थित ग्रामीण बहुउद्देयीय सहकारी संस्थाले आफ्नो २७ औँ स्थापनाको दिवसको अवसरमा हेटौंडा–१० स्थित गोरक्षश्वरधाम संस्कृत वेद विद्यालयलाई एकथान फ्रीज हस्तान्तरण गरेको छ । संस्थाका सचिव रवीन ढकालको अध्यक्षता तथा विद्यालयका निमित्त अध्यक्ष सूर्यप्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । ‘संस्थाको स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयलाई फ्रीज प्रदान गरेका हौं, गर्मी मौसम सुरु भएसँगै यहाँ बसेर अध्ययन गर्ने बटुक (विद्यार्थी)लाई सहजता पुग्नेछ,’ सचिव ढकालले भने ‘हरेकवर्ष स्थापना दिवसमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेका छौं ।’कार्यक्रममा विद्यालय प्रअ गणेश धिताल, संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, सदस्यहरु गीता कोइराला, प्रभाकर पुडासैनी, संस्थाका व्यवस्थापक पुष्पा क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका कर्मचारी, विद्यालयका शिक्षक तथा बटुकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*