जेनिथमा +२ तहमा भर्ना खुला
हेटौंडा-हेटौंडा–५, पिप्लेस्थित जेनिथ माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३÷८४ का लागि कक्षा ११ (+२) मा नयाँ भर्ना खुला गरेको छ । विद्यालयले विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट तथा कानून संकायमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ । यसवर्ष पनि विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यसहित भर्ना अभियान सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार विद्यालयले आधुनिक शिक्षण पद्दति, अनुभवी शिक्षक टोली, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीमैत्री व्यवस्थापनमार्फत् उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।
आजको प्रतिस्पर्धात्मक युगमा केवल सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक सीप र व्यक्तित्व विकास पनि उत्तिकै आवश्यक रहेको प्रिन्सिपल कार्कीले बताए । विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, करियर काउन्सिलिङ, शैक्षिक भ्रमण तथा व्यक्तित्व विकासका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ । त्यसैगरी यही जेठ १० गतेदेखि बिएससि÷सिएसआइटी र बिसिएको तयारी प्रवेश परीक्षा सञ्चालन हुने प्रिन्सिपल कार्कीले बताए ।







