लागूऔषधसहित दुईजना पक्राउ

साझाकुरा
२०८३ बैशाख ३१, बिहीबार १२:२३

हेटौंडा-मकवानपुर प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वडाप्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीटोलीले हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्ने क्रममा लागूऔषध बरामद गरिएको हो । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–३ घरभई हाल हेटौंडा–४ मा डेरागरी बस्ने २३ वर्षीय रोहन कुशवार र सुनसरीको इटहरी उपमहानगरपालिका–१० घरभई हाल हेटौंडा–४ मा बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन् ।

प्रहरीले रोहन कुशवारको साथबाट १४० मिलिग्राम खैरोहेरोइन फेला पारेको जनाएको छ । बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*