४ जीपीए ल्याउने १३ विद्यार्थी सम्मानित

साझाकुरा
२०८३ जेष्ठ १, शुक्रबार १२:१३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए प्राप्त गर्ने मकवानपुरका १३ जना विद्यार्थीलाई सम्मानगरेको छ । उपमहानगरपालिकाले शैक्षिकक्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगदसहित सम्मानगरेको हो ।उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई जनही ६ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा शुभकामना प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रममा विद्यार्थीको मेहनत, अनुशासन, लगनशीलता र निरन्तर अभ्यासले जिल्लाको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको हो ।

सम्मानित हुने विद्यार्थीमा नवोदय शिशुसदनका वृष्टि जयसवाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली, जीएस निकेतनका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति अंग्रेजी माध्यमिक विद्यालयका देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक एकेडेमीका कुष्मा लौडारी र आभास घिमिरे, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रशान्त यादव, बालज्योति माविका शुभम खनाल तथा फ्याम्कल एकेडेमीका कृष्ण रिजाल रहेका छन् ।

सम्मान कार्यक्रममा वक्ताले मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धताले सफलता हासिल गर्न सकिने उल्लेख गर्दै विद्यार्थीलाई आगामी अध्ययनयात्रामा अझ परिश्रमी र जिम्मेवार बन्न सुझाव दिएका थिए । उनीहरुले एसईईको उत्कृष्ट नतिजाले मकवानपुरको शैक्षिकस्तर उकास्न महत्वपूर्ण योगदान पुगेको धारणा व्यक्त गरे । कार्यक्रममा अभिभावक, शिक्षक तथा शिक्षाक्षेत्रसँग सम्बन्धित व्यक्तिको उपस्थिति थियो । हेटौंडा उपमहानगरपालिकाले विगतदेखि नै शिक्षाक्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*