सन्दिपको घातक बलिङमा बागमतीको सानदार जित

साझाकुरा
२०८२ चैत्र १९, बिहीबार १३:०९

हेटौंडा- कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ । जनकपुरस्थित रामजानकी क्रिकेटमैदानमा बुधबार भएको खेलमा बागमतीले कर्णालीलाई ६० रनले हराएको हो । जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो । कर्णालीका लागि सनश्चल रावलले सर्वाधिक ३१ रन बनाए । यस्तै दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र कप्तान दिवान पुनले १० रन बनाए । बलिङमा बागमतीका कप्तान सन्दीपले ९.१ ओभरका मात्र ४० रन खर्चिएर सात विकेट लिए ।

रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले एकएक विकेट लिए । यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । बागमतीका लागि विवेक रानामगरले सर्वाधिक ५६ रन बनाए । यस्तै इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शिभम् तिवारीले १८ रन बनाए । बलिङमा कर्णालीका कप्तान दिवान पुनले तीन विकेट लिए । प्रकाश जैशी, दिपेन्द्र रावत र निश्चल रावलले दुई दुई विकेट लिए । यससँगै पाँचौँ खेलमा दोस्रो जित निकालेको बागमतीले चार अंक बनाएको छ । पराजित कर्णालीको समान खेलबाट तीन अंक छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेटमैदानमा भएको अर्को खेलमा लुम्बिनीले विभागीय टोली एपिएफ क्बललाई सुपर ओभरमा हरायो । जितका लागि एपिएफले दिएको एक सय २५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ३५ ओभरका सबै विकेटको क्षतिमा एक सय २४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।यसअघि पहिले ब्याटिङ गरेको एपिएफले ३९ दशमलब ४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रनको योगफल खडागरेको थियो । जितसँगै लुम्बिनीले पाँच खेलबाट पाँच अंक बनाएको छ । एपिएफको समान खेलबाट तीन अंक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*