बालबालिका हराउनेमा चितवन र मकवानपुर ‘रेड जोन’

साझाकुरा
२०८२ चैत्र २३, सोमबार १०:१२

हेटौंडा- बागमती प्रदेशमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्षको मंसिरसम्मकोे तथ्यांक हेर्दा चितवन र मकवानपुरमा सबैभन्दा बढी बालबालिका हराएका छन् । काभ्रे, धादिङ र सिन्धुली जिल्लामा बढी संख्या रहेको छ भने रसुवा र रामेछापमा भने तुलनात्मकरुपमा बालबालिका हराउने घटना न्यून देखिएको छ । चितवनमा मात्र आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्षको मंसिरसम्म ५ सय ३३ जना बालबालिका हराएको प्रहरी तथ्यांक छ । यी वर्षहरुमा हराएका बालबालिकामध्ये ५ सय १७ जना बालबालिका फेलापरे पनि १६ जना बालबालिका अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । चितवनमा आर्थिक वर्ष २०७९÷८० मा बालक ३४ जना र बालिका १ सय ५ जना गरी १ सय ३९ बालबालिका हराएका थिए ।

आर्थिक वर्ष २०८०÷८१ मा ३१ जना बालक र १ सय १७ जना बालिका गरी १ सय ४८ जना बालबालिका हराएका थिए । यस्तै, वर्ष २०८१÷८२ मा ४८ जना बालक र १ सय २९ जना बालिका गरी १ सय ७७ जना बालबालिका हराएका थिए । चालु आर्थिक २०८२÷८३ को साउन महिनादेखि मंसिरसम्म ५ महिनाको अवधिमा १८ बालक र ५१ बालिका गरी ६९ जना बालबालिका हराइसकेका छन् । जसमध्ये प्रहरीले १५ जना बालक र ४३ जना बालिका गरी ५८ जना हराएका बालबालिका फेला पारेपनि अझै ३ जना बालक र ८ जना बालिका गरी ११ जना बालबालिका फेलापार्न सकेको छैन ।

मकवानपुर जिल्लामा मात्र आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म बालक ८३ जना र बालिका २ सय ७० जना गरी ३ सय ५३ जना बालबालिका हराए । जसमध्ये प्रहरीले बालक ८२ जना र बालिका २ सय ४१ जना फेलापारे पनि अझै ७ जना बालबालिका फेलापार्न सकेको छैन । मकवानपुरमा आर्थिक वर्ष २०७९÷८० मा बालक ३४ जना र बालिका ८५ जना गरी १ सय १९ जना बालबालिका हराएका थिए । जसमध्ये प्रहरीले राम्रै सफलता हात पा¥यो । आर्थिक वर्ष २०८०÷८१ मा १९ बालक र ८४ जना बालिका गरी १ सय ३ जना बालबालिका हराए जसमध्ये प्रहरीले १८ बालक र ८४ जना बालिका गरी १ सय २ जना हराएका बालबालिका फेला पा¥यो ।

२०८१÷८२ मा २३ बालक र ७१ बालिका गरी ९४ जना बालबालिका हराएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्षको ५ महिनामा मकवानपुरमा ७ बालक र ३० बालिका गरी ३७ जना बालबालिका हराएका छन् । सिन्धुलीमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म बालक ४४ जना हराउँदा बालिकाको संख्या भने बालकको संख्याको तुलनामा तेब्बरभन्दा बढी १ सय ६० जना रहेका छन् । यी वर्षहरुमा बालक र बालिका गरी २ सय ४ जना हराएका थिए । यद्यपि, प्रहरीले सिन्धुलीमा हराएका ती बालबालिकामा अधिकांश फेला पारेको छ । प्रहरीले हराएका बालबालिकामध्ये ४३ जना बालक र १ सय ५९ जना बालिका गरी २ सय २ जना बालबालिका फेलापारेको छ ।

हराएमध्ये १ बालक र १ बालिका गरी २ जना बालबालिका भने अझै फेला परेका छैनन् । रामेछापमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म १८ जना बालक र ३१ जना बालिका गरी ४९ जना बालबालिका हराएका छन् । जसमध्ये अंधिकांश फेला परेपनि १ बालक र १ बालिका गरी २ जना अझै फेलापरेका छैनन् । दोलखामा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म बालक ४१ जना र बालिका ४२ जना गरी ८३ जना बालकबालिका हराएका थिए । जसमध्ये ४० बालक र ४२ जना बालिका गरेर ८२ जना बालबालिका फेलापरे पनि १ जना बालक अझै फेला परेको छैनन् ।

काभ्रेमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म बालक ५४ जना र बालिका १ सय ५२ जना हराएका थिए । जसमध्ये ५३ बालक र १ सय ४९ जना बालिका फेला परेको भएपनि अझै १ बालक र ३ बालिका गरी ४ जना बालबालिका फेलापर्न नसकेको प्रहरीको तथ्यांक छ । काभ्रेमा आर्थिक वर्ष २०७९÷८० मा ९ बालक र ४८ जना बालिका गरी २३ जना बालबालिका हराएका थिए । जसमध्ये ९ बालक र ४७ जना बालिका फेलापरे पनि १ बालिका फेला परिनन् ।

सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म २७ बालक र ८१ बालिका गरी १ सय ८ जना बालबालिका हराए । जसमध्ये २६ बालक र ७९ बालिका फेलापर्दा १ बालक र २ बालिका गरी ३ जना फेलापर्न सकेनन् । नुवाकोटमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म बालक २८ जना र बालिका १ सय १४ जना गरी १ सय ४२ जना बालकालिका हराएका छन् । जसमध्ये २७ बालक र १ सय १३ बालिका गरी १ सय ४० जना बालबालिका फेलापरे तर, २ बालक अझै फेलापरेका छैनन् ।

धादिङमा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म ३२ जना बालक र ९७ जना बालिका गरी १ सय २९ जना बालबालिका हराए । जसमध्ये ३१ बलक र ९४ जना बालिका फेला परेपनि अझै ४ जना बालबालिका फेला परेका छैनन् । ती फेला नपरेका ४ जना बालबालिकामध्ये १ बालक र ३ बालिका छन् । रसुवामा आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिरसम्म ४ बालक र १९ बालिका गरी २३ जना बालबालिका हराए । जसमध्ये ३ बालक र १८ बालिका फेलापरे भने १÷१ बालक र बालिका फेला परेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*