मनहरी–२ मा बालसमूह गठन तथा परिचयात्मक कार्यक्रम

साझाकुरा
२०८२ चैत्र २३, सोमबार १०:३१

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ अन्तर्गत ट्यांकीदमारटोल र दोभानटोलमा बालसमूहको बैठक तथा परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रम लिलामाया तामाङ (मनहरी गाउँपालिका वडा नं. १, २, ३ र ४ का बालमैत्री सहजकर्ता) को उपस्थितिमा सञ्चालन गरिएको हो । भविष्यका कर्णधारकारुपमा रहेका बालबालिकालाई सहीमार्गमा अघि बढाउने तथा निर्धक्करुपमा विचार व्यक्त गर्न सक्षम बनाउने उद्देश्यकासाथ बालसमूह गठन अभियान अघि बढाइएको आयोजकले जनाएको छ । कार्यक्रममा बालबालिकालाई आफ्नो परिचय प्रभावकारीरुपमा कसरी दिने भन्ने विषयमा अभ्यास गराइएको थियो ।

वार्षिक परीक्षा सम्पन्न भएपछि प्राप्त भएको विदा समयलाई सदुपयोग गर्दै बालबालिकाको मनोविज्ञानमा सकारात्मक सोच र विचार विकास गराउन पाएकोमा सहजकर्ता तामाङले खुसी व्यक्त गरिन् । बालबालिकाको सहभागिता सुनिश्चित गर्न वडाबाट बजेट विनियोजन गरी सहयोग पु¥याएकोमा मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिनलाई धन्यवाद व्यक्त गरिएको कार्यक्रममा बालबालिका सहभागी गराएकोमा अभिभावकप्रति आभार प्रकट गरिएको थियो । कार्यक्रममा सहभागी स्थानीय युवा विद्यार्थी सूर्यबहादुर गोलेले अनुभव बाँड्दै बालबालिकालाई अभिभावक र गुरुजनप्रति इमानदार भई सत्मार्गमा अघि बढ्न प्रेरित गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*