हेमन्त चम्किँदा बागमतीको लज्जास्पद हार

साझाकुरा
२०८२ चैत्र २३, सोमबार १०:३४

हेटौंडा-हेमन्त धामीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि पीएम कपमा सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती प्रदेश ४६ रनमै अलआउट भएको छ ।आइतबार जनकपुरमा भएको खेलमा सुदूरले दिएको २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमै अलआउट भएको हो । शुभ कंसाकारले सर्वाधिक ३२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन छुनै सकेनन् । ५ खेलाडी शून्यमै आउट भएका थिए । हेमन्तले घातक बलिङ गर्दै ६ ओभरमा १४ रन मात्र दिएर ७ विकेट लिए । स्पीनर शेर मल्लले ३ विकेट लिए । हेमन्तको पीएम कप इतिहासकै उत्कृष्ट बलिङ हो । यसअघि नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा २० रन दिएर ७ विकेट लिएका लिए ।

हेमन्तले कम रन खर्चिएर ७ विकेट लिएका हुन् । यस्तै बागमतीको यो पीएम कप इतिहासकै कम योगफल हो भने समग्र पीएम कप इतिहासकै चौथो कम योगफल हो । यसअघि बागमती गत संस्करणमा लुम्बिनी प्रदेशविरुद्ध ६७ रनमा पनि अलआउट भएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो । नारायण जोशीले सर्वाधिक ७५ रन बनाए भने दीपक बोहराले ४० अनि अभिषेक पालले ३९ रन बनाए ।

बागमतीका प्रतिश जीसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । रिजन ढकाल र सोनु देवकोटाले १–१ विकेट लिए । योसँगै ६ खेलमा पाँचौं जित निकालेको सुदूरपश्चिम १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । सुदूरले शीर्ष ४ मा पर्ने सम्भावना बलियो बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*