पार्टी एकतालाई सुदृढ गर्न बानियाँको आह्वान

साझाकुरा
२०८३ बैशाख ६, आईतवार ०८:३७

हेटौँडा- नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट अन्तिम निर्णय भइसकेको अवस्थामा त्यसलाई सम्मान गर्दै पार्टी एकता सुदृढ गर्न आह्वान गरेका छन् । उनले काँग्रेस सधैं नीति, विधि र न्यायिक निर्णयको पक्षमा दृढ रहने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई स्वीकार्नु नै काँग्रेसजनको पहिचान भएको बताएका छन् । सभापति बानियाँले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच मतभेद रहे पनि सर्वोच्च अदालतले विवाद टुंग्याइसकेको भन्दै अब सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनका अनुसार अबको प्राथमिकता पार्टीको आन्तरिक एकता बलियो बनाउँदै १५ औँ महाधिवेशनलाई भव्यरूपमा सफल बनाउनु हो । सभापति बानियाँले पार्टी नेतृत्व, सबै तहका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र काँग्रेसप्रति आस्था राख्ने सबैलाई एकताबद्ध भएर महाधिवेशन सफल बनाउन सक्रिय हुन आग्रह गरेका छन् । ‘सबैलाई समेटेर अगाडि बढ्ने जिम्मेवारी नेतृत्वमा आएको छ,’ उनले भने, ‘एकताबद्ध प्रयासबाट १५ औँ महाधिवेशन सफल बनाउनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*