कैलाशमा १७ बिगाह गाँजा फडानी

साझाकुरा
२०७८ कार्तिक १६, मंगलवार १०:४०

हेटौंडा/प्रहरीले मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा लगाइएको लागूऔषध गाँजा नष्ट गरेको छ ।प्रहरीले कैलाशका विभिन्न स्थानमा १७ बिगाह १० कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध गाँजा खेती फडानी  गरी नष्ट गरेको हो ।प्रहरीले कैलाश गाउँपालिकाको वडा नम्बर ४, वडा नम्बर ९ र वडा नम्बर १० को विभिन्न स्थानमा लगाएको लागूऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जनाएको छ ।१४ कार्तिकमा सुरु गरेको गाँजाखेती फडानी अभियान अन्तर्गत पहिलो दिन आइतबार उक्त परिणामको क्षेत्रफलमा लगाइएको गाँजाखेती फडानी गरिएको हो ।

गाँजाखेती फडानीका लागी प्रहरी निरीक्षक अबिनास अधिकारीको कमाण्डमा प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ७२ जना प्रहरी टोली खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*