मेयर महतको नेतृत्वमा हेटौंडाको हुप्राचौर सफाइ
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरको सरसफाइमा मेयर हरिबहादुर महतको नेतृत्वमा नगर प्रहरी जुटेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रको सबै भन्दा ठुलो खेल मैदान र खुल्ला क्षेत्रमा घाँस र अरु फोहोर समेत हुन थालेपछी नगर प्रहरीको सहयोगमा सफाइ गरिएको मेयर महतले वताए । बुधबार देखि हुप्राचौरको सफाइ अभियान सुरु गरिएको र नसकुन्जेल सम्म सफाइ अभियानलाई निरन्तर्ता दिइने प्रहर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिए ।







