बालिका परिवारबाटै असुरक्षित, एक वर्षमा २८ बलात्कृत

प्रतिक्षा न्यौपाने
२०७८ पुष २३, शुक्रबार १२:३७

हेटौंडा-हेटौंडाकी १२ वर्षीया बालिका परिवारबाटै बलात्कृत हुन पुगिन् । नातामा मामा पर्ने हेटौंडा उपमहानगरपालिका–६ नम्बर वडाका २८ वर्षीय युवकले १५ जेठ २०७८ मा बलात्कार गरे ।
अबोध १२ वर्षकी बालिकामाथि बलात्कार गरेको  आरोपमा प्रहरीले २ दिनपछि पीडकलाई पक्राउ ग¥यो । जिल्ला अदालतका न्यायाधिश कमलराज विष्टको इजलाशले १६ कार्तिकमा फैसला गर्दै पीडक मामा भन्नेलाई ६ महिना कैद र २० हजार  जरिवाना तोक्यो ।  पालुङकी १३ वर्षीया बालिकालाई नातामा दाजु पर्ने २१ वर्षीय युवकले बलात्कार गरेको आरोपमा गतवर्ष ९ फागुनमा प्रहरीले गिरफ्तार गरेको थियो । हाडनाता करणीअन्तर्गत् मुद्दा दर्ता भएकोमा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठको इजलाशले ८ मंसिरमा अभियोग आंशिक दावी पुग्ने फैसला गरेपनि कसुर निर्धारण भने
गरेको छैन् ।

हेटौंडा–४, बैंकरोडका कोइराला र हुसेन थर भएकासहित चार जनाले १५ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा प्रहरीले गत २५ जेठमा पक्राउ गरेको थियो । आरोपित हुसेन २६ जेठमा पक्राउ परे । न्यायाधिश विष्टको एकल इजलाशले २१ साउनमा आरोपित ६ जनामध्ये कोइराला र हुसेनलाई पुर्पक्षका लागि थुनामा पठायो भने बाँकी चार जनालाई ३०÷३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो ।  हेटौंडा उपमहानगरपालिकाकी ७ वर्षीया नाबालिकालाई हेटौंडा–११ बस्ने पाण्डे थरका युवकलाई २८ असोजमा प्रहरीले पक्राउ ग¥यो । आरोपित पाण्डेलाई न्यायाधिश विष्टको एकल इजलाशले २ मंसिरमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

उल्लेखित यी बलात्कारका घटना प्रतिनिधि घटना मात्रै हुन् । बालिकाहरु परिवारबाटै असुरक्षित रहेको तथ्यांक डरलाग्दो छ । परिवारबाटै बालिका  असुरक्षित हुँदै गइरहेको तथ्यांक मानव अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको इन्सेक मकवानपुरले सार्वजनिक गरेको हो । इन्सेक मकवानपुरले बिहीवार सन् २०२१ को वार्षिक मानव अधिकारको अवस्थामाथि समिक्षा गर्दै बालिकाहरु असुरक्षित बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरेको हो । इन्सेकले हरेक वर्षमा जनवरी १ देखि डिसेक्बर ३० सम्म मकवानपुरमा भएका घटनाहरुको तथ्यांक संकलन गर्दै अवस्थाबारे  सरोकारवाला निकायहरुसँग समिक्षा गर्दै आइरहेको छ । स्न २०२१ भित्र परिवार तथा आफन्तबाट ७ जना बालिकासहित १३ वटा बलात्कारका घटना भएका थिए । परिवारबाटै ५ जनाको हत्या भएको इन्सेकको अभिलेखमा छ । इन्सेक मकवानपुरले एकवर्षमा बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमध्ये २८ जना बलात्कारको शिकार भएको तथ्यांक प्रस्तुत गरेको हो । बालिकामाथि हुने घटनामा धेरै बलात्कार रहेकाले उनीहरुलाई सुरक्षा प्रत्याभूति दिलाउन इन्सेकले सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्ष दिनभित्र ५ जना बालिकामाथि यौन दुव्र्यहारका घटना घटेका छन् । इन्सेकका अनुसार १ जना बेचबेखिन प्रयासबाट पीडित बनेको जनाएको छ । बालिका  मात्रै नभई महिलाहरुपनि पीडित बनिरहेका छन् । एकवर्षभित्र महिला अधिकारको घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् । ५ जना महिलामाथि बलात्कारको प्रयास भएको इन्सेक मकवानपुरले जानकारी दिएको छ ।
१ जना महिला यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडितका थिए । यसैगरी १० जनामाथि हत्या भएको तथ्यांकमा उल्लेख छ । जसमध्ये ६ जना महिला र ४ जना पुरुष रहेका  छन् । एक जनामाथि कुटपिट भएको थियो । इन्सेकका अनुसार सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लघंन, ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैगिंक तथा अल्पसंख्यक महिला पीडित भएका थिए । सन् २०२० को तुलनामा स्न २०२१ भित्र मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना वृद्धि भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जा नकारी दिए ।

समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालिका र महिलामाथि बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरे । समृद्ध मुलुक र समुन्नत समाज निर्माण गर्न बालिका र महिलामाथि हुने  अपराधका घटना न्यूनिकरण गर्नुको विकल्प नरहेको बताए ।  जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीले गाउँगाउँमा जनचेतनाका कार्यक्रमहरु लैजाँदै घटना न्यूनिकरण गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा मानव अधिकार तथा जातीय भेदभाव  सरोकार केन्द्रका कमलकुमार विश्वकर्मा, गैरसरकारी संस्था महासंघकी रमिला सापकोटा, प्रहरी निरीक्षक चुडाकुमारी खड्का, अधिवक्ता इश्वरी अधिकारी लगायतले धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*