थाहाका विद्यालयमा जाडो बिदा

साझाकुरा
२०७८ माघ २, आईतवार ११:५९

हेटौंडा-दोस्रो त्रैमासिक परीक्षा सकाएका मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहानगरका निजी विद्यालयहरु माघ ८ गतेसम्म हिउँदे (जाडो) बिदा दिने निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहा नगर कमिटीले निर्णय गरेको छ ।  प्याव्सन नगर कमिटीको शनिबार बसेको कार्यसमिति बैठकले परीक्षा सकाएका विद्यालयहरु माघ ८ गतेसम्म विदा गर्ने निर्णय भएको नगर सचिव संगम कार्कीले जानकारी दिए । प्याव्सनले पूर्ववत निर्णय अनुसार परीक्षा लिन बाँकी वा भइरहेका विद्यालयहरुले भने सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा सरोकारवाला निकायहरुसँग समन्वय गरी परीक्षा संचालनको प्रबन्ध गर्न भनिएको छ ।

विदा अवधिमा आफ्ना बालबालिकाहरुलाई घरमै शिक्षण सिकाइका गतिविधिहरु संचालन गराउन र कोरोनाको संक्रमणबाट बचाउन समेत अभिभावकहरुलाई आग्रह गर्दै प्याव्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानद्वारा हस्ताक्षरित सूचना प्रकाशित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*