बर्जरमा सुरक्षा गार्ड आन्दोलित

साझाकुरा
२०७८ माघ ४, मंगलवार १३:५६

हेटौंडा-हेटौंडा–९ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा संचालित बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्समा कार्यरत सुरक्षा गार्ड आन्दोलित भएका छन् ।१८ जना सेक्युरिटी गार्डले आन्दोलनबारे जिल्ला प्रशासन, उद्योग संघ, उद्योग बाणिज्य संघ मकवानपुर, विभिन्न ट्रेड युनियनलाई जानकारीसमेत गराएका छन् । हाल कार्यरत विश्वरुप सेक्युरिटी सर्भिस प्रालिबाट बर्जर कम्पनी मातहतमा नियुक्त गर्नुपर्ने र सेवा सुविधा बृद्धि गर्नुपर्ने दुई बुँदे माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले कम्पनीको गेट बाहिर आफ्नो मागसहितको व्यानर टाँगेर आन्दोलन गरिरहेका छन् ।

उनीहरु २ गतेबाट आन्दोलित भएका हुन् । उनीहरुले गेट अगाडि ८ घण्टा धर्ना दिइरहेका छन् । उनीहरुले कम्पनीसँग वार्ता गर्न तीन सदस्यीय समिति सदस्य छनौट गरेका छन् । समितिमा आन्दोलनरत अमिर लामा, सुजन थापा र समर्थ देउला रहेका छन् ।  ‘हामीले हाम्रो मागको विषयमा सवैतिर जानकारी गराएका छौं । २१ दिने अल्टिमेटमा दिएका छौं । हाम्रो माग पूरा नभए अर्को चरणको आन्दोलन गर्छौ ।’, देउलाले पहिलो चरणमा शान्तिपूर्ण रुपमा धर्ना दिइरहेको प्रष्ट्याए । आन्दोलरत् सुरक्षा गार्ड ५ वर्षदेखि कार्यरत् रहेका छन् । बर्जरले पेन्टसको उत्पादन गर्ने कम्पनी हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*