९०० मत गणनाहुँदा सत्तारुढ गठबन्धनको अग्रता

साझाकुरा
२०७९ बैशाख ३१, शनिबार १४:३४

हेटौंडा उपमहानगरपालिकाको मतगणना धमाधम भइरहेको छ ।हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ९०० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ । हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामाले १० मतले अगाडि रहेकी छन् । हालसम्म गठबन्धनले २८३ मत प्राप्त गरेको छ । उनलाई एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*