मिनाको अग्रता कायमै, बानियाँ जीतनजिक

साझाकुरा
२०७९ जेष्ठ ६, शुक्रबार ११:०५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी मिनाकुमारी लामाले अग्रता कायम गरेकी छन् ।बिहीवार मध्यरातसम्म ५९ हजार ६ सय ८० मत गणना हुँदा लामा अग्र स्थानमा छिन् ।
उनले १८ हजार ५ सय ६६ मत ल्याएकी छन् । निर्वाचन जीते नेकपा (एकीकृत समाजवादी) मकवानपुरकी उपाध्यक्षसमेत रहेकी लामा मकवानपुरकै पहिलो महिला मेयरको इतिहास बनाउन सफल हुनेछिन् । लामालाई एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले पछ्याइरहेका छन् । ५९ हजार ६ सय ८० मत गन्दा पौडेलले १७ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । मध्यरातसम्म हेटौंडाको करिब १४ हजार मत गणना बाँकी छ ।

मेयरका अर्का उम्मेदवार राप्रपाका दीपकबहादुर सिंहले १६ हजार ६ सय ६ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनकै उम्मेदवार राजेश बानियाँ जीतनजिक छन् । करिब १४ हजार मत गन्न बाँकी रहँदा बानियाँ एमालेकी सुमित्रा काफ्लेसँग ७ हजार २ सय ८७ मतान्तरले अगाडि छन् । २६ हजार ८ सय ३३ मत ल्याएका बानियाँको फराकिलो मतान्तरलाई भेट्न काफ्लेलाई लगभग असम्भव जस्तै भएकाले उनको जीत करिब निश्चित बनेको छ । काफ्लेले १९ हजार ५ सय ४६ मत ल्याएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*