लागूऔषधसहित ३९ वर्षीय युवक पक्राउ

साझाकुरा
२०७९ जेष्ठ १०, मंगलवार ०९:२६

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३३ बोतल लागूऔषध वनरेक्ससहित ३९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ स्वर्गलोकस्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई लागूऔषध वनरेक्ससहित पक्राउ गरिएको हो ।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ घर भई डेरामा बस्दै आएका उनलाई कोठाको
पलाङ मुनी लुकाएर राखेको अवस्थामा लागूऔषध वनरेक्स ३३ बोतलसहित नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*