बकैयाका कार्कीले चुमे सगरमाथाको चुचुरो

साझाकुरा
२०७९ जेष्ठ ११, बुधबार १०:१७

हेटौंडा – मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका निवारी बिक्रम कार्कीले विश्वकै अग्लो हिमशिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।पेशाले पर्यटन व्यवसायी कार्कीले सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा फहराएका छन् । बकैया–४ घर भएका कार्कीले २१ मे २०२२ बिहान ११ः२५ मा सगरमाथाको चुचुरोको सफलता हात पारेका हुन । सम्भवतः कार्की सगरमाथाको सफल आरोहण गर्ने पहिलो मकवानपुरे बनेका छन् । यसअघि सगरमाथाको चुचुरोमा पुग्ने मकवानपुरे छैनन् ।

सगरमाथाको चुचुरोमा पुगेपछि उनले मेरो प्यारो छतिवन भनेर सम्बोधन गरेका छन् । उनी २०५० साल असार २६ गते रामबहादुर कार्की तथा इन्द्रकला कार्कीको पहिलो सन्तानको रुपमा जन्मिएका थिए । उनले स्कुले शिक्षा साविकको छवितनस्थित महेन्द्र माविबाट गरेका हुन् । काठमाडौंमा स्नातकसम्मको अध्ययन गर्दै कार्कीले ब्याचलर इन टुरिजम एण्ड हस्पिटालिटीमा गरे । अध्ययनसँग व्यवसायमा होमिएका उनले सन् २०११ मा कलेज पढ्ने पाँच जना साथीहरुसँग मिलेर ट्रेकिङ कम्पनी एपेक्स हिमालय ट्रेक्स एण्ड एक्सपेडिसन प्रालिको सुरुवात गरेका थिए । माउन्टेरेनिङ, रक क्लाइम्बिङ, हाइ माउन्टेन रेस्क्यु, एडभान्स क्यानोइनिङ, प्राथमिक उपचार, स्कि कोर्सलगायतका तालिम लिएका कार्कीले यसअघि ६ हजार मिटर उचाईका विभिन्न देशका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सगरमाथा आरोहण गर्नुपूर्व कार्कीले विभिन्न देशका ६ वटा शिमशिखर चढेको बताए रउनले ६८१२ अग्लो अमा दमालम, चुलू फार इष्ट (६०५९), इम्जात्से (६१६५), लुभुजे (६०९०), चुलु इस्ट (६५८४), मेरा पिक (६४७०)लगायतका हिमालय आरोहण गरिसकेको बताए ।

११ अप्रिलदेखि मे १४ सम्म तयारी गरी काठमाडौंको ठमेल बाट यात्रा सुरु गरेका कार्की सहितको टोली १६ मे मा बेशक्याम्प पुगेको थियो ।यात्राको क्रममा अर्का आरोही कार्कीको सययात्री दिपक महतको क्याम्प २ बाट क्याम्प ३ मा पुग्ने क्रममा हिउँमा लडेर मृत्यु भएपश्चात यात्रामा सन्नाटा छाएको कार्कीले बताए ।१७ मेमा मृतक महतको व्यवस्थापन गरेर १८ मे मा क्याम्पमा रेस्ट गर्दै १९ मे मा क्याम्प ३ मा पुगेको उनले बताए । २० मे क्याम्प ४ राती १० बजेको यात्राले विहान ११ः२५ को समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न पुग्दा संसार जितेको महसुश भएको उनले सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*