कानुन कार्यान्वयन भएनः सभामुख श्रेष्ठ

साझाकुरा
२०७९ जेष्ठ १४, शनिबार १३:१३

हेटौंडा- बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालमा सबै ऐन कानुन राम्रो भएपनि कार्यान्वयन उचित तरिकाले नभएको टिप्पणी गरेका छन् ।हेटौंडामा शुक्रबार भएको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको २२ औँ वार्षिकोत्सव बोल्दै सभामुख श्रेष्ठले कानुन कार्यान्वयन हुन नसकेको बताएका हुन् । उनले घर, परिवार, समाजबाट राम्रो संस्कार संस्कृतिको विकास गरे समाजमा कुनै खाले घटनाहरु नघट्ने पनि बताए ।

राज्य सञ्चालन गरिरहेका व्यक्तिहरु, निकायहरुले अधिकार र कर्तव्यलाई बुझ्ने स्थिति भएमा सबै समस्या हल हुने सभामुख श्रेष्ठको भनाई छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख यक्ष प्रसाद अधिकारीले अधिकारीले नागरिक समाज, मानव अधिकारकर्मीहरुको निरन्तर खबरदारी, दबाब र आन्दोलन स्वरुप मानव अधिकार आयोगको स्थापना भएको बताए ।
उनले सामाजिक सुरक्षाका सम्बन्ध र मानव अधिकारका कुरामा सबै निकायले काम गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक राज्यमन्त्री सन्तबहादुर प्रजा, हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, मकवानपुरका प्रमुख जल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक पुजल सिंह, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डा. कृष्णप्रसाद धिताल, लगायत नागरिक समाज र मानव अधिकारकर्मीहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*