वृद्वाश्रममा छोराको जन्मोत्सव
हेटौंडा- हेटौडा उपमहानगरपालिका–६ चौघडा निवासी पुर्ण भद्र चौलागाईले आफ्नो छोराको जन्मोत्सव वृद्धाश्रममा मनाएका छन् ।उनले अमेरिकामा बस्दै आएका छोरा आकाश चौलागाईको २४ औं जन्मदिन हेटौडा–२ मा रहेको ओम वृद्धाश्रममा मनाएका हुन् । छोराको जन्मोत्सवको अवसरमा चौलागाई र उनको श्रीमती रंजिता भेटवालले ओम वृद्धाश्रम पुगेर नगद १० हजार एकसय ५५ र एउटा वाल फाईन सहयोग गरेका छन् ।कार्यक्रममा हेटौडा–१ का वडा अध्यक्ष सविन न्यौपाने र वृद्धाश्रममा अध्यक्ष सिद्धिलाल श्रेष्ठको उपस्थिति रहेको थियो । छोराको जन्मदिन ओमवृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुसँग मनाउन पाउदा आफू सन्तुष्ट भएको चौलागाईले बताए ।







