स्वास्थ्य मन्त्री लामाको विज्ञ सल्लाहकारमा कर्माचार्य नियुक्त
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा. विराजमान कर्मचार्य नियुक्त भएका छन् । उनी मन्त्री लामाको अवैतनिक विज्ञ सल्लाहकारको रुपमा नियुक्त भएका हुन् । मन्त्री लामाले कर्मचार्यलाई ‘जनस्वास्थ्य सल्लाहकार’ पदमा कर्माचार्यलाई नियुक्त गरेको जनाइएको छ ।अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्ति सम्बन्धी कार्यविधि २०७८ को दफा ३ (५) अनुसार मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको अनुमतिमा कर्माचार्यलाई विज्ञ सल्लाहकार नियुक्त गरेको मन्त्री लामाको सचिवालयले जनाएको छ । ८ कर्माचार्य धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साईन्सेसमा एसोसियट प्रोफेसर र जनस्वास्थ्य विभागका निर्देशक हुन् ।काठमाडौं विश्व– विद्यालयबाट एबिबिएस गरेका उनले थाइल्याण्डको महिडोल विश्व विद्यालयबाट ट्रफिकल मेडिसिनमा एमएससी, वासिङ्टन विश्व– विद्यालयबाट ग्लोबल हेल्थमा स्नातकोत्तर र एपिडिमियोलोजीमा विद्यावारिधि गरेका छन् । उनी स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधिमा सक्रिय छन् ।







