परिचयपत्र विवरण संकलन गर्ने कार्य स्थगित

साझाकुरा
२०७९ असार ३, शुक्रबार १०:२२

हेटौंडा- मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने कार्य स्थगित गरिएको छ ।बुधबार राती वर्षासँगै परेको चट्याङले राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनको मेसिनहरु बिग्रिएकोले परिचयपत्र विवरण संकलन गर्ने कार्य स्थगित भएको हो ।कार्यायलले बिहीबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी सूचनामा चट्याङका कारण जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनको मेशिनहरु बिग्रिएकोले अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य स्थगित गरिएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*