रानी वनलाई डढेलो नियन्त्रण सामग्री
हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको छ ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाडौंले वन समूहलाई विभिन्न प्रकारका डढेलो नियन्त्रण सामाग्रीहरु प्रदान गरेको हो ।समूहलाई वन डढेलो नियन्त्रणका लागि वनमा जादा लगाउने पोशाक, कोदालो, बन्चरो, पानीका बोतल, जुता, मोजा, सावेल, हेलमेट, टचलाईट, औषधी, प्याक पम्प, फेस मास्कलगायतका करिव ३ लाखको सामाग्री प्रदान गरिएको छ ।
प्राधिकरणले रानी सामुदायिक वन लगायत गोरख बहादुर गण, सुपारेटार ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तनहुँ र बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई पनि डढेलो नियन्त्रण सामग्री प्रदान गरेको प्राधिकरणका शाखा अधिकृत गंगा सुवेदी भट्टराईले जानकारी दिइन् ।
समूहले प्राप्त भएका सामाग्रीहरुलार्ई कसरी प्रयोग गर्ने विषयमा विज्ञहरुलाई बोलाएर तालिम प्रदान गरिने वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।







