छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग
हेटौंडा- लियो जिल्ला परिषद् ३२५ एस नेपाल अन्तर्गतका रिजन तथा क्लबहरुले हेटौंडा उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा छात्रवृत्तिसँगै शैक्षिक सामग्री सहयोग गरेका छन् ।लियो जिल्ला परिषद् ३२५ एसको बनस्खण्डी, चुरियामाइ र त्रिखण्डी रिजनअन्तर्गतका क्लबहरुको सहभागितामा शुक्रबार छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको हो ।लियो क्लब अफ हेटौंडा लर्डबुद्ध, हेटौंडा बजार लियो क्लब, लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक, लियो क्लब अफ हेटौंडा र लियो क्लब अफ हेटौंडा भुटनदेवी सेनटेनियलले हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको कक्षा–४ मा अध्ययनरत एक छात्रलाई छात्रवृत्ति प्रदान गरेका छन्
हेटौंडा बजार लियो क्लबका अध्यक्ष सुरज भट्टराईको संयोजकत्वमा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम भएको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष प्रदीप पराजुलीको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक निरन्जन प्रसाद ढकाल, सहायक प्रधानाध्यापक किशोर पराजुली, लियो जिल्ला परिषद् ३२५ एसका अध्यक्ष राहुल जालान र जिल्ला सचिव अनिल अधिकारीको आतिथ्यता थियो ।लियो हेटौंडा सुर्योदय क्लासिकका अध्यक्ष प्रबेश धिताल ‘कुन्दन’का अनुसार चुरियामाइ रिजनअन्तर्गतका क्लबहरु लियो क्लब अफ हेटौंडा ग्रीन सिटी, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौंडा लर्डबुद्ध पिस, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ वरियर, लियो क्लब अफ हेटौंडा पाथिभरा, लियो क्लब अफ हेटौंडा सुर्योदय राइजिङ र लियो क्लब अफ मकवानपुर इन्टरप्रेनरको संयुक्त आयोजनामा हेटौंडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयको कक्षा–८ मा अध्ययनरत एक छात्रलाई छात्रवृति दिइएको छ । कार्यक्रममा हेटौंडा–९ का वडा सदस्य विष्णु राना मगर र विद्यालयकी सहायक प्रधानाध्यापक मोनिका काफ्लेको आतिथ्यता थियो ।
त्रिखण्डी रिजनअन्तर्गत्का क्लबहरु लियो क्लब अफ हेटौंडा भुटनदेवी, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ, लियो क्लब अफ मकवानपुर हेटौंडा मेट्रोसिटी, लियो क्लब अफ हेटौंडा सुर्योदय, लियो क्लब अफ मकवानपुर डाइमण्ड र लियो क्लब अफ हेटौंडा नारायणी मलको संयुक्त आयोजनामा हेटौंडा–१४ स्थित अनाथ, अपाङ बाल पुर्नस्थापना केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई ६ दर्जन कापी हस्तान्तरण गरिएको थियो ।कार्यक्रमहरुमा लियो जिल्ला परिषद्का बोर्ड सदस्यद्वय सुदीन पौडेल र बिकेश लामाको आतिथ्यता, लियो मुक्तिनाथ मल्टिभिजनकी सचिव भुमिका थापा, लियो हेटौंडा मुक्तिनाथका अध्यक्ष विवेक फुयाललगायतको आतिथ्यता थियो ।







