मात्रृभूमि साहित्य समाजले दुईजनालाई पुरस्कृत गर्ने

साझाकुरा
२०७९ असार २१, मंगलवार ११:३९

हेटौंडा- मात्रृभूमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विद्याको पुरस्कार असार २४ गते प्रदान गर्ने भएको छ । मातृभूमि मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले सोमबार संयुक्त रुपमा सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महालक्ष्मी साहित्य पुस्स्कार प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गर्ने जनाएको छ । उक्त पुरस्कार ५१ हजार रुपैयाँ राशीसहित मुकारुङ्गलाई प्रदान गरिने भएको हो ।

सम्मेलनमा मातृभूमिका अध्यक्ष माधव पोख्रेलले आगामी असार २४ गते हेटौंडामा एक कार्यक्रमको आयोजना गरी साहित्यकार मुकारुङ्लाई ५१ हजार रुपैयाँ पुरस्कार राशी गर्ने बताए ।यस्तै, मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरिएको केशबलाल स्मृति मात्रृभुमि पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार राममणि दाहाललाई प्रदान गरिने भएको हो । पत्रकार दाहाललाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा महालक्ष्मी विकाश बैंक हेटौंडा शाखा प्रमुख शम्भु प्रसाद पराजुली, मातृभूमि मकवानपुरका संस्थापक अध्यक्ष हयग्रिब आचार्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पुर्ब अध्यक्ष भानुभक्त आचार्यलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*