हेटौंडामा गीतकार मुकारुङ पुरस्कृत

साझाकुरा
२०७९ असार २५, शनिबार ०७:५६

हेटौंडा- हेटौंडामा प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ पुरस्कृत भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरले मुकारुङलाई महालक्ष्मी सहित्य पुस्स्कारबाट
पुरस्कृत गरेको हो ।भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् संबद्र्धनको उद्देश्यले २०५६ सालदेखि स्थापना गरिएको महालक्ष्मी सहित्य पुस्स्कारबाट उनलाई समाजले पुरस्कृत गरेको हो । मुकारुङले ५१ हजार रुपैयाँ पाएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेडले स्थापना गरेको उक्त पुरस्कार मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा प्रदान गर्दै आइरहेको छ ।

मातृभूमि साहित्य समाज मकवानपुरको संयोजन र व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट मकवानपुरमा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार राममणि दाहाललाई प्रदान गरिएको छ । दहालले ७ हजार ५ सय रुपैयाँ पाएका छन् । पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष दाहाल गोरखापत्रमा आवद्ध छन् । समाजका अध्यक्ष माधब पोख्रेलको सभाध्यक्षता तथा महाकाव्यकार केशवराज आमोदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी (अन्जली), महालक्ष्मी विकास बैंक हेटौडा शाखा प्रमुख शम्भुप्रसाद पराजुलीलगायत मकवानपुरका विभिन्न स्रष्टाहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*