कर्रा चोकमा कुकुरको उपचार

साझाकुरा
२०७९ आश्विन १०, सोमबार १२:०७

हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोकमा करिब ५० वटा कुकुरलाई रेबिजर लुतोविरुद्धको भ्याक्सिन लगाउँदै शरिरमा भएका घाउहरुको सरसफाईसँगै उपचार गरिएको छ । स्थानीय निरज सिंह ठकुरीका अनुसार कर्रा चोकमा कर्रा युवा क्लब, दाह्री ग्याङ र भेटेनरियन समूह हेटौंडाको संयुक्त प्रयासमा भ्याक्सिन लगाइएको हो । सीमित भ्याक्सिनका कारण ४ नम्बर वडाका अधिकांश क्षेत्रमा रहेका कुकुरमा भ्याक्सिन लगाउन नसकिएको ठकुरीले जानकारी दिए ।

उनका अनुसार थप भ्याक्सिनको उपलब्धतासँगै ४ नम्बर वडाका सबै क्षेत्रका कुकुरलाई भ्याक्सिन लगाइने भएको छ । बिहान र राती हिँडुद कुकुरले दुःख दिइरहेको ठकुरीले बताए । हेटौंडामा पछिल्लो समय कुकुरहरुको संख्या अत्याधिक बढेको छ । यसअघि उपमहानगरपालिकाले कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान नै चलाए पनि हाल उक्त कार्यक्रम रोकिएको छ । अत्याधिक कुकुरका कारण नगर क्षेत्रभित्र राती र बिहान हिँड्डुल गर्ने पैदल यात्रु सास्ती भोग्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*