एकीकृत खानेपानी तथा ढल व्यवस्थापन गरिँदै

साझाकुरा
२०७९ आश्विन ११, मंगलवार ११:५२

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले नगरभित्र खानेपानीलाई व्यवस्थापन र ढल निर्माणको योजना बनाउने तयारी थालेको छ । व्यवस्थित हेटौंडा उपमहानगर बनाउने योजनाअन्तर्गत् मेयर मिनाकुमारी लामाले खानेपानी र ढल व्यवस्थापनमा जोड दिएकी हुन् । नगरभित्र खानेपानीको व्यवस्थापन राम्रो भएपनि ढल व्यवस्थापन हुन सकेको छैन् । ढल व्यवस्थित नहुँदा सामान्य वर्ष पर्नासाथ बजारभित्रका सडक जलमग्न हुने गरेका छन् ।उपमहानगरपालिकाले एसियाली बिकास बैकको सहयोगमा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको मेयर लामाले जानकारी दिइन् ।

आयोजनाअन्तर्गत २०५५ सम्मको डिपिआर योजनासहित हेटौंडाको सहरी ढल व्यवस्थापन, भूमिगत ढल र सहरी लेदो जन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा छलफल गरिएको थियो । शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढल जन्य लेदो तथा अन्य फोहर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनको बिषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले उपमहानगरपालिकाले गर्दै आएको जमिन बाढ्ने कामलाई रोक्दै एकीकृत व्यवस्थित सहरको निमार्ण र विकासमा अघि बढ्ने बताएकी छन् । उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुंगो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताएकी छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालनमा रहकोे हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको बितरण र आवश्यक पूर्वाधार र व्यववस्थापनको बिषयमा बताएका थिए । बिष्टले अहले सम्म बोर्डले २२ वटा डिपबोरीङ, ७ वटा सम्वयल वाट उत्पादन भएको पानी २२ हजा २५० धारा मार्फत खानेपानीको बितरण भैरहेको बताएका थिए ।बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक बितरण गर्दै आएको उनले जानकारी दिएका छन् । व्यवस्थित ढल र खानेपनीको व्यवस्थापनमा आएको परामर्शदाता सहितको टोलीले नयाँ विकास हुँदै गरेका वडाहरुमा प्रदेश सरकारले निर्माण गर्ने भवन र पुर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरे छन् ।

छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई, खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठलगायत अन्य प्राबिधिकहरुको सहभागिता रहको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*