जिसस मकवानपुरको वार्षिक समीक्षा सम्पन्न

साझाकुरा
२०७९ आश्विन १२, बुधबार ११:०६

हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आफ्नो वार्षिक समिक्षा गरेको छ ।बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा वार्षिक समिक्षा भएको हो ।कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तह, जिल्लाका डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय, सिंचाइ तथा जलश्रोत कार्यालय र गैरसरकारी संस्था महासंघका प्रतिनिधिहरुले प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा समाजसेवी सिद्धीलाल श्रेष्ठ, महिलातर्फ बबिता बानियाँ, सहकारीतर्फ मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महिला मिलन बचत तथा ऋण सहकारी संस्था, इसीडी सञ्चालित आधारभूत विद्यालयमा शंखरेस्वरी प्रावि बकैया, झम्केश्वरी समूह पालुङ, गिता कृषि फार्मकी गिता रेग्मी, कर्मचारीतर्फ बकैया गाउँपालिकाका अनमी सर्मिला जिम्बा, भीमफेदी गाउँपालिकाका लेखापाल तोयानाथ तिवारी, जिल्ला समन्वय समिति मकवानपुरका कार्यालय सहयोगी सोममाया स्याङतान, गैरसरकारी संस्थाहरुमा सिवीन नेपाल, राडो नेपाल र माइती नेपाललाई सम्मान गरिएको छ ।

त्यसैगरी सूचना प्रविधिमा जिल्लामै उत्कृष्ट काम गरेको भन्दै थाहा नगरपालिकालाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुइटेल, थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य राजन थापा, नेकपा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलान लगायतकाको आतिथ्यता  रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*