सरसफाई र महामारी नियन्त्रणमा टोल विकासको भूमिका महत्वपूर्णः अध्यक्ष न्यौपाने

साझाकुरा
२०७९ आश्विन १२, बुधबार १३:०५

हेटौंडा- हेटौंडा उपमहानगरको सरसफाई र स्वास्थ्य क्षेत्रमा आउने महामारी नियन्त्रणमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको हेटौंडा–१ का अध्यक्ष सविन न्यौपानेले बताएका छन् । हेटौंडा १ चौकिटोलस्थित सहभागी टोल विकास संस्थाको १६ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले टोल विकास संस्थाले टोलको सफाई, महामारी नियन्त्रण अभियान, दुव्र्यसन न्यूनीकरण तथा सदस्यहरुको बालबालिकाहरुको शिक्षामासमेत सहयोग गर्दै आएकोमा खुसी व्यक्त गरे । संस्थाका अध्यक्ष रुपा ढुंगानाको अध्यक्षतामा भएको भेलाले पुनः ढुंगानाकै अध्यक्ष्यतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

मंगलबार भएको साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष लिला ढकाल, सचिव निर्जला थिङ श्रेष्ठ, कोषाअध्यक्ष मेनुका लोप्चन, सह सचिव सीता लोप्चन र सदस्यहरुमा बिनुमाया श्रेष्ठ, नमिता कर्माचार्य, शुभद्रा सापकोटा र शोनी नेगी चयन भएका छन् ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य ईश्वरी रसाइली, टोल विकास नगर समन्वय समितिको महासचिव शिवहरि दाहाल, शान्ति सिर्जना टोल विकास सस्ंथाको अध्यक्ष उत्तमप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*