जिल्ला प्रहरीलाई हटडिस सेट सहयोग
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पकाएको खाना तातो बनाई राख्न प्रयोगमा आउने हटडिस सेट सहयोग गरिएको छ ।मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर सुनचाँदी व्यवसायी संघले शुक्रबार संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालयलाई मेसमा खानाको लागि हटडिस सेट सहयोग गरेको हो । सहयोग ग्रहण गर्दै मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले प्रहरी कर्मचारीहरुका लागि मेसमा खाना तातो बनाई राख्ने हटडिस सहयोग गरेको भन्दै धन्यवाद दिए । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईले अहोरात्र सुरक्षामा खट्ने प्रहरीको स्वास्थ्यलाई मध्यनजर गरी दुई संघले मिलेर सहयोग गरेको बताए ।
संघका अर्का उपाध्यक्ष प्रमोद सिंह रानाभाटले शान्ति सुरक्षाको व्यवस्थापनमा खट्ने जिल्ला प्रहरीको सहजताको लागि सहयोग गरिएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष केशव रसाइली, मउवा संघका महासचिव दिपक उप्रेती, कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, राजेन्द्र लामिछाने, मउवा संघका कार्यकारी सचिव पवन कार्कीलगायतको उपस्थिति थियो ।







